मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
सारांश
- थापागाउँको मण्डला थिएटरमा 'इजलास' नामक नाटक मञ्चन हुने भएको छ ।
- विजय तेन्दुलकरको मूल लेखन रहेको यस नाटकको निर्देशन गुञ्जन दीक्षितले गरेका हुन् ।
- यो नाटक असार १९ देखि श्रावण १० गतेसम्म मञ्चन गरिनेछ ।
काठमाडौँ । थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा ‘लाहुरी भैँसी’ नाटकको मञ्चन सकाएसँगै मण्डला ‘इजलास’को तयारीमा जुटिसकेको छ ।
मूल लेखक विजय तेन्दुलकर, भावानुवाद विजय विस्फोट (जे.बी. देउजा) रहेको नाटकका निर्देशक गुञ्जन दीक्षित हुन् । नाटक असार १९ देखि श्रावण १० गतेसम्म मञ्चन हुनेछ ।
भर्खर सकिएको नाटक ‘लाहुरी भैँसी’ गत जेठ २२ गतेदेखि नियमित मञ्चनमा थियो । नेपाली ग्रामीण समाजको जीवन, सङ्घर्ष, सपना र सामाजिक यथार्थ समेटिएको नाटकका निर्देशन अनुप न्यौपाने रहेका थिए ।
प्रसिद्ध कथाकार रमेश विकलको कथामा आधारित यस नाटकलाई संयोग गुरागाईँले नाट्य रूपान्तरण गरेका हुन् । ए. जे. बब स्टुडियो तथा क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा मञ्चन भएको नाटकमा नवीन ख्युङ्बा तामाङ, सुष्मिता कार्की, भास्कर बुढा, प्रेम देव विश्वकर्मा, मोहन भण्डारी, सन्देश पाण्डे, रोशन कायस्थ, सुनिल राई, अमृत सुनार, तरुण देउवा, श्रेया श्रेष्ठ, समीर भट्टराई, ज्योत्स्ना घिमिरे, मेलिना राई, अनुष्का कार्की, पाल्देन घिसिङ, सेजल गौतमलगायतले अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण