अदालत
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
मङ्गलबार, ०९ असार २०८३, १९ : ३४
काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार म्याद थपको अनुमति दिएको छ।
न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले अनुमति दिएको हो।
पौडेललाई २० दिन हिरासतमा राख्न अनुमतिका माग गरिएको थियो।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो।
पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो।
उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सड्क मार्गबाट आज बिहान काठमाडौँ ल्याइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण