रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको वैचारिक धार सामाजिक लोकतन्त्र रहेको बताएका छन् ।
- चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा लामिछानेले रास्वपा परम्परागत वामपन्थी वा दक्षिणपन्थी नभएको स्पष्ट पारेका छन् ।
- उनले पार्टीले कठोर वैचारिक चौघेराभन्दा व्यवहारिक विवेक, आवश्यकता र यथार्थमा आधारित दृष्टिकोणलाई प्राथमिकता दिने बताएका छन् ।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले रास्वपाको बैचारिकी सामाजिक लोकतन्त्र रहेको बताएका छन् । चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा सभापति लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको बैचारिकी सामाजिक लोकतन्त्र रहेको प्रस्ट पारेका हुन् ।
‘एकथरी आलोचक भन्नुहुन्छ, जो कहिल्यै हाम्रा दस्ताबेज नहेरी सधैँ भन्नुहुन्छ कि रास्वपासँग विचार छैन’ सभापति लामिछानेले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘हो, हामी परम्परागत वामपन्थी वा दक्षिणपन्थी होइनौँ ।’
साथै उनले जानीबुझी त्यो राजनीतिक ध्रुवीकरणमा सीमित नभएको बताएका छन्।
‘कुनै पनि कठोर वैचारिक चौघेरालाई होइन, हामी व्यवहारिक विवेकसम्मत, आवश्यकता तथा यथार्थतामा आधारित दृष्टिकोण लाई प्राथमिकता दिन्छौँ’, लामिछानेले भनेका छन्, ‘पुराना वैचारिक ढाँचाहरूले मानव समाजलाई दिएको ऐतिहासिक योगदान अनुभव र सकारात्मक अभ्यासलाई हामी सम्मान गर्छौ तर तिनलाई व्यवहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोख्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण