बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मङ्गलबार, ०९ असार २०८३, २२ : ३९
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौँले अनलाइन समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ ।
  • महासंघले अदालतको आदेश स्वतन्त्र पत्रकारिताको मर्ममा प्रहार भएको र पत्रकार आचारसंहिताको विपरीत रहेको जनाएको छ ।
  • समाचारको सत्यता परीक्षण गर्ने क्षेत्राधिकार प्रेस काउन्सिलको भए पनि अदालतको आदेशले त्यससँग तादाम्यता नमिलेको महासंघको ठहर छ ।

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले अनलाइनमा प्रकाशित समाचार हटाउन र पुनः प्रसारण नगर्न दिएको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्युतीय कार बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स ईन्क प्रालिसम्बन्धी ‘बिजनेसन्युज डटकम’मा प्रकाशित समाचार हटाउन अदालतले दिएको आदेशप्रति महासंघले आपत्ति जनाएको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा अदालतको उक्त आदेशले स्वतन्त्र पत्रकारिताको मूल मर्ममा प्रहार गरेको उल्लेख छ ।

अदालतले २०८३ जेठ २५ मा भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म ‘बिजनेश भेन्चर मिडिया प्रालि’द्वारा सञ्चालित सञ्चारमाध्यम तथा अनलाइनमा ती समाचार सामग्री प्रकाशन र प्रसारण नगर्न तथा भएका सामग्रीहरू तुरुन्तै हटाउन आदेश दिएको थियो ।

महासंघले यो आदेश पत्रकार आचारसंहिता २०७३ को बुँदा ५ (८) मा रहेको ‘अनलाइन सञ्चारमाध्यमबाट समाचार हटाउनु (पोष्ट डिलिट) हुँदैन’ भन्ने प्रावधानसँग मेल नखाएको स्पष्ट पारेको छ । साथै, समाचारको सत्यता परीक्षण गर्ने कानुनी क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भए पनि अदालतको आदेशले त्यससँग तादाम्यता नमिलाएको महासंघको ठहर छ ।

समाचारमा समावेश भएका तथ्य सही वा गलत भन्ने निष्कर्षमा नपुगी समाचार हटाउन आदेश दिँदा प्रमाण नष्ट हुन सक्ने खतरा निम्त्याएको महासंघले जनाएको छ ।

हेर्नुहाेस् विज्ञप्ति

729819982_1759145445287135_5684553442993552790_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप