पदाधिकारीमा सहमति जुटाउने रातभरको प्रयास असफल, निर्वाचन प्रक्रिया अघि बढाउने तयारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पदाधिकारी चयनका लागि सहमति जुटाउने प्रयास असफल भएको छ ।
- सभापति रवि लामिछानेले रातभर प्रयास गरे पनि आकांक्षीहरूले एक पद त्याग्दा अर्को जिम्मेवारी खोजेपछि सहमति जुट्न सकेन ।
- सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भएको छ र बिहान १० बजेपछि मतदान हुने सम्भावना छ ।
चितवन । रास्वपा महाधिवेशन अन्तर्गत पदाधिकारीमा सहमति जुटाउने प्रयास असफल भएको छ । आकाङ्क्षीले एक पद त्याग्दा अर्को जिम्मेवारी खोजेपछि सहमति जुट्न नसकेको हो ।
सभापति रवि लामिछानेले रातभर आकांक्षीहरुसँग छलफल गरेर सहमति जुटाउने प्रयास गरेका थिए । सहमतिको प्रयास जारी रहेको भन्दै निर्वाचन आयोगले मतदानको प्रक्रिया अघि बढाएको थिएन । तर सहमति जुट्ने सम्भावना टरेपछि पुन चुनावी प्रक्रिया अघि बढाइने भएको छ ।
उपसभापति र महामन्त्रीमा आकांक्षी धेरै हुँदा सहमति जुटाउन सकस भएको नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सभापतिले प्रयास गरेपनि आकाङ्क्षीले उम्मेदवारी फिर्ता लिनुपरे अन्य ठाउँमा सेटल गर्नुपर्ने माग अघि सारेपछि सहमति नजुटेको उनले बताए ।
निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले उम्मेदवारहरूको समानुपातिक सूची मिलाउन समय लागेकाले ढिलाइ भएको जानकारी दिए । सहमति नजुटेको जानकारी आएको र चितवनमै रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउनुपर्ने अडान राखेकोले निर्वाचनबाटै पदाधिकारी चयनको सम्भावना बढेको हो ।
यद्यपि अधिकांश प्रतिनिधिले भने चितवन छाडिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
-
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
-
जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
-
गोलरक्षकका लागि टाउको दुखाइ बन्दै विश्वकपको नयाँ बल ‘ट्रिओन्डा’
-
चर्को गर्मीका कारण पेरिसकाे सार्वजनिक स्थानमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण