एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड
शुक्रबार, १२ असार २०८३, १४ : ४२
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्।
- विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वामपन्थी र लोकतान्त्रिक पार्टी जसपासँग पनि कुरा भइरहेको बताए।
- उनले अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्ध विस्तार गर्ने र आफू श्रीलङ्का जान लागेको बताए।
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्।
विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको बताए । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए । ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ उनले भने ।
अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए । पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलङ्का जान लागेको अध्यक्ष दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
-
एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण