सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
सारांश
- नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
- नेता श्रेष्ठले सुकुमबासीहरुलाई पुनर्वासको व्यवस्था बिना नै बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न आग्रह गर्दै अन्यथा गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन् ।
- उनले बालेन्द्र नेतृत्वको सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बल प्रयोगद्वारा अमानवीय ढङ्गले सुकुमबासीहरुलाई निकालेको आरोप लगाएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो आग्रह गरेका हुन् ।
नेता श्रेष्ठले सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेका छन् । अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्ने चेतावनी समेत उनले दिएका छन् ।
उनले भनेका छन् : ‘अहिले पुनर्वासको व्यवस्था बिना नै सुकुम्बासीहरुलाई ती होल्डिङ सेन्टर बाट बलजफ्ती निकाल्ने सूचना ,धम्की र चेतावनी दिइएको छ ,जुन नितान्त गलत र गैरजिम्मेवार छ । सुकुम्बासीहरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गरियोस् र त्यस्तो व्यवस्था नभए सम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् , अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।’
बालेन्द्र नेतृत्वको सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बल प्रयोगद्वारा अमानवीय ढङ्गले सुकुम्बासीहरुलाई निकालिएको आराेप समेत उनले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण