‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
सोमबार, १५ असार २०८३, १२ : ३१
सारांश
- जितु नेपाल अभिनित फिल्म ‘आइएम जीतबहादुर’ ले प्रदर्शनको पहिलो साता ३१ लाख रुपैयाँ मात्र कमाएको छ ।
- चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार, फिल्मले पहिलो साता ३१ लाख ७ हजार ६९२ रुपैयाँ आम्दानी गरेको छ ।
- पहिलो सातामा फिल्म हेर्ने दर्शकको सङ्ख्या ९ हजार ६२६ रहेको छ ।
काठमाडौँ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आइएम जीतबहादुर’ ले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सकेन । फिल्मले पहिलो साता ३१ लाख मात्र व्यवसाय गर्न सफल भएको हो ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार रातीसम्मको बक्स अफिस रिपोटमा फिल्मको आम्दानी ३१ लाख ७ हजार ६९२ रहेको छ । यो अवधिमा फिल्म हेर्ने दर्शक ९ हजार ६२६ मात्र रहेका छन् ।
भारतीय बङ्गाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको फिल्ममा जितुको अलवा वर्षा राउत, प्रियङ्का कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, नीरज नेपाल, अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण