सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति

सोमबार, १५ असार २०८३, १२ : ५६
सोमबार, १५ असार २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी विभाजन गरी नयाँ पार्टी बनाउन लागेको भन्ने आरोपको खण्डन गरेका छन् ।
  • उनले पार्टी विभाजन नभई समाजवादी विचार समूह बनाउन आवश्यक रहेको र सही नीति, विचार, सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताए ।
  • खनालले अहिलेको लोकतन्त्र पुँजीपतिले जनतालाई झुक्याउन ल्याएको भन्दै वामपन्थीहरूले समाजवादी लोकतन्त्र चाहेको स्पष्ट पारे ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ पार्टी बनाउन लागेको आरोपको खण्डन गरेका छन् । सोमबार काठमाडौँमा पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले पार्टी फोडेर नयाँ पार्टी खोल्न लागिएको कुप्रचारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘बिहान मात्र झलनाथले अर्कै पार्टी खोल्दैछन् भनेर कुप्रचार गरेछन् । म ती साथीलाई भन्न चाहन्छु, झलनाथ कुनै गुट नबनाई बसेको मान्छे हो । पार्टी विभाजन होइन समाजवादी विचार समूह बनाउन आवश्यक छ । सही नीति, विचार, सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ’, उनले भने ।

अहिलेको लोकतन्त्र पुँजीपतिले जनतालाई झुक्याउन ल्याएको भन्दै खनालले वामपन्थीहरूले समाजवादी लोकतन्त्र चाहेको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप