भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ
सारांश
- रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन्।
- प्रहरीले भारतबाट भन्सार छली ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन र भारतीय मोटरसाइकल बरामद गरेको छ।
भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन्।
प्रहरीले कोटहीमाई गाउँपालिका वडा नम्बर ५ बेनिनगरमा निजले चलाएको ‘यूपी ५३ डीएक्स ८८३८’ नम्बरको भारतीय मोटरसाइकललाई शङ्का लागेर जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरेको हो। बरामद गरिएका आईफोनहरूको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ।
यस्तै पवनकुमारले चलाएको अनुमानित ८० हजार रुपैयाँ मूल्य बराबरको भारतीय मोटरसाइकलसमेत गरी जम्मा २० लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ। प्रहरीले बरामद गरिएका आईफोन, मोटरसाइकल र चालक मुरावलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा
-
स्वकीय सचिवलाई तलब सुविधा दिने निर्णयसँगै एक जनाले थाप्नेछन् एकमुष्ट ३ लाख १२ हजार
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण