संसद् बैठक
कर्णाली प्रदेश सभा बैठकमा हङ्गामा
बिहीबार, १८ असार २०८३, १५ : ०७
सारांश
- कर्णाली प्रदेश सभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ।
- सभामुख नन्दा गुरुङले विपक्षीलाई पेलेरै अघि बढ्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेकपा, राप्रपा र पूर्वमुख्यमन्त्री राजकुमार शर्माले बैठक अवरोध गरेका थिए।
- विपक्षी दलहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा जान नदिएपछि सभामा हंगामा भएको थियो।
सुर्खेत । कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ । बिहीबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङ विपक्षीलाई पेलेरै अघि बढ्न खोजेपछि विपक्षी दलहरूले बैठक सञ्चालनमा अवरोध गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी(नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संसद् बैठक अवरोध गरेका हुन्।
सभामुख गुरुङले पेलेरे अघि बढ्न खोज्दा प्रतिपक्षी सांसदहरू अगाडि आएर घेरेका थिए । सभामा हङ्गामा भएपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी हुन् ।
प्रतिपक्षी दलहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा जान दिएनन् । आज सत्ता पक्षले बजेट पास गर्ने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खसी, कुखुरा वा माछा: प्रोटिनका लागि कुन सबैभन्दा उत्तम?
-
रोनाल्डो बाहिरिएपछि रामोसको नाटकीय गोल: पोर्चुगल २–१ ले अगाडि
-
ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
-
कोशी प्रदेशः बजेट कार्यान्वयनको नाजुक चित्र !
-
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
-
फिफाको नियम यूईएफएलाई अमान्य, मुख छोप्ने खेलाडीलाई रातो कार्ड नदिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण