अपडेट
क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
शुक्रबार, १९ असार २०८३, ०६ : ००
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा क्रोएसियाले पोर्चुगलविरुद्ध १–० को अग्रता लिएको छ।
टोरन्टो स्टेडियममा जारी खेलको दोस्रो हाफमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका हुन्।
खेलको ५३ औं मिनेटमा पेरिसिचले गोल गरेपछि रोनाल्डो प्रेरित पोर्चुगल दबाबमा परेको छ।
खेलको पहिलो हाफमा पोर्चुगलले बलमाथि राम्रो नियन्त्रण बनाए पनि गोल गर्न भने चुकेको थियो। कप्तान क्रिस्टियानो रोनाल्डोले पहिलो हाफभरि क्रोएसियाको पेनाल्टी बक्सभित्र एक पटक पनि बल छुन सकेनन् । जसका कारण पोर्चुगलको आक्रमण फितलो देखिएको थियो।
दिवंगत खेलाडी डिएगो जोटाको स्मृतिमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको पोर्चुगलले धेरै पासहरू खेले पनि फिनिसिङमा कमजोरी देखाएको छ।
यो खेलको विजेताले आगामी चरणमा स्पेनको सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण