शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रोनाल्डो बाहिरिएपछि रामोसको नाटकीय गोल: पोर्चुगल २–१ ले अगाडि

शुक्रबार, १९ असार २०८३, ०६ : ४०
शुक्रबार, १९ असार २०८३

काठमाडौँ ।  फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा पोर्चुगलले नाटकीय अग्रता बनाएको छ ।  

 इन्जुरी समयको चौथो मिनेटमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगलले क्रोएसियाविरुद्ध २–१ को रोमाञ्चक अग्रता लिएको हो ।

खेलको ५३औं मिनेटमा इभान पेरिसिचको गोलबाट पछि परेको पोर्चुगलका लागि ६८औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए। तर, खेलको ८२औं मिनेटमा प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान रोनाल्डोलाई मैदानबाट निकाल्ने अप्रत्याशित निर्णय लिए । मैदान छाड्दा रोनाल्डो निकै निराश र असन्तुष्ट देखिएका थिए।

प्रशिक्षकको उक्त निर्णयलाई सही सावित गर्दै रोनाल्डोको स्थानमा आएका खेलाडीहरूको तालमेलमा पोर्चुगलले इन्जुरी समयमा गोल थप्न सफल भयो। 

खेलमा १० मिनेटको इन्जुरी समय थपिएको छ । जसको चौथो मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई जितको नजिक पुर्‍याएका छन्।

 यो खेलको विजेताले अर्को चरणमा स्पेनको सामना गर्नेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?