रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत टोरन्टोमा जारी रोमाञ्चक खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले क्रोएसियाविरुद्ध १–१ को बराबरी गरेको छ।
खेलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा पोर्चुगलले निकै आक्रामक खेल प्रस्तुत गर्यो । ६०औं मिनेटमा रोनाल्डोले गोल गरे पनि भिएआरले त्यसलाई अफसाइड देखाउँदै मान्यता दिएन । त्यसअघि राफेल लियोको प्रहार पोलमा लागेर फर्किएको थियो।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले खेलमा पकड जमाउन एकैपटक चारजना खेलाडी परिवर्तन गरेका थिए । त्यसको केही मिनेटमै रेनाटो भेइगालाई बक्सभित्र लडाएपछि पोर्चुगलले पेनाल्टीको अवसर पायो।
खेलको ६८औं मिनेटमा प्राप्त उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका हुन्। आजको विजेताले अर्को चरणमा स्पेनको सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण