कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता जनार्दन शर्माले बिहीबार कर्णाली प्रदेशमा भएको माइक्रोबस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता शर्माले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले लेखेका छन्,‘सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक माइक्रोबस साङ्गेटडामा दुर्घटना भई भएको मानवीय क्षतिले मलाई अत्यन्त दुःखी बनाएको छ। यस दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
साथै नेता शर्माले बेपत्ता यात्रुको शीघ्र खोजी, घाइतेहरूको प्रभावकारी उद्धार तथा उपचारमा सम्बन्धित निकायले उच्च प्राथमिकताका साथ काम गर्न आग्रह समेत गरेका छन्।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको शव फेला परेको छ भने अन्यको अवस्था अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो।
बुलबुले यातायातको गाडीमा १४ जना यात्रु सवार थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
-
अनुहारमा बरफ लगाउने ट्रेन्ड : के साँच्चै फाइदाजनक छ?
-
के श्रीमान्-श्रीमतीबिच सधैँ झगडा हुन्छ? सम्बन्ध सुधार्न अपनाउनुहोस् यी ४ उपाय
-
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश
-
खसी, कुखुरा वा माछा: प्रोटिनका लागि कुन सबैभन्दा उत्तम?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण