शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कानून मिच्ने 'आरके म्यानपावर'माथि वैदेशिक रोजगार विभागको डण्डा, जरिवानासहित कडा कारबाही !

बिहीबार, १८ असार २०८३, २० : २८
बिहीबार, १८ असार २०८३

काठमाडौँ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुप (RK Manpower Group Pvt. Ltd.) लाई कारबाही गरेको छ।

विभागले उक्त म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना गर्दै सचेत गराएको हो। विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा ३ बमोजिम इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) ले व्यक्तिगत श्रम स्वीकृति सम्बन्धी कार्य गरी कामदार पठाउन नपाउने कानूनी व्यवस्था रहेको छ।

उक्त कानूनी व्यवस्थाको पूर्ण पालनाका लागि विभागले मिति २०८२/१२/२७ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो।

तर, अनुसन्धानका क्रममा आरके म्यानपावरले उक्त कानूनी व्यवस्था र विभागको निर्देशन पालना नगरेको पाइएपछि विभागले मिति २०८३/०३/१८ गते कारबाहीको निर्णय गरेको हो। विभागले ऐनको दफा ५४ बमोजिम संस्थालाई प्रथम पटकका लागि सचेत गराएको छ भने दफा ५२ बमोजिम अधिकतम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

वैदेशिक रोजगारका नाममा हुने अवैध प्रक्रिया र व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा हुने ठगी नियन्त्रण गर्न विभागले यस्तो कदम चालेको बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप