अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
चितवन । अवैध उत्खननमा संलग्न समूहबाट चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आक्रमण भएको छ । बस्नेतमाथि उनकै कार्यकक्षमा सामूहिक आक्रमण गरेर भाग्ने क्रममा प्रहरीले २ जनालाई धादिङको गजुरीबाट पक्राउ गरेको छ ।
बिहीबार बिहान केही व्यक्तिहरुको समूहले कार्यकक्षमै प्रवेश गरी ढोका थुनेर बस्नेत माथि कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायउव उपरिक्षक चन्द्रभुषण यादवले जानकारी दिए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई समूहमा आएका व्यक्तिहरुले कार्यकक्षको ढोका बन्द गरी आक्रमण गरिएको थियो ।
घटनालगत्तै फरार भएकामध्ये २ जनालाई प्रहरीले धादिङको गजुरीबाट नियन्त्रणमा लिएको उनले बताए । मुग्लिन नाका हुँदै काठमाडौँतर्फ भागिरहेको अवस्थामा प्रदेश ३–०१–०२३ च ८४६० नम्बरको गाडीसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
घटनामा संलग्न भएको अवस्थामा प्रयोग गरिएको उक्त गाडीको पहिचानबाट उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता यादवले बताए । पक्राउ पर्नेमा निर्माण व्यवसायी लालबहादुर तामाङ समूहका २ जना सदस्य रहेको उनले बताए । तर तामाङ हालसम्म फरार छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनामा ५/६ जनाको समूह संलग्न रहेको र उनीहरुको खोजी भइरहेको छ । पक्राउ परेकाहरुलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बस्नेतमाथिको आक्रमणको मुख्य कारण खोला ठेक्का र मापदण्ड विपरीतको उत्खनन रहेको देखिएको छ । गाउँपालिकाले खोलामा मापदण्डविपरीत उत्खनन भएको भन्दै रोक्न खोजेपछि व्यवसायीहरुसँग विवाद बढेपछि बस्नेतट माथि आक्रमण भएको प्रवक्ता यादवले बताए ।
सोही विषयलाई लिएर अदालतमा मुद्दासमेत चलिरहेको अवस्थामा ठेक्का विवादमा कुरा नमिल्दा अधिकृतमाथि आक्रमण भएको बुझिएको उनको भनाइ छ । प्रहरीले पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय मुग्लिनमार्फत मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश
-
खसी, कुखुरा वा माछा: प्रोटिनका लागि कुन सबैभन्दा उत्तम?
-
रोनाल्डो बाहिरिएपछि रामोसको नाटकीय गोल: पोर्चुगल २–१ ले अगाडि
-
ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
-
कोशी प्रदेशः बजेट कार्यान्वयनको नाजुक चित्र !
-
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण