नाटोसँगको सम्बन्ध ‘एकतर्फी’ र ‘हास्यास्पद’ रहेको ट्रम्पको टिप्पणी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताएका छन् । टर्कीको राजधानी अङ्कारामा जुलाई ७–८ मा हुने नाटो शिखर सम्मेलनअघि उनको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदका रूपमा हेरिएको छ ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दाबी गर्दै ‘उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन्’ भन्ने टिप्पणी गरे । उनले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रहरूको तुलनामा अत्यधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्चसम्बन्धी तथ्याङ्कसमेत सार्वजनिक गरेका थिए ।
विशेषगरी इरानसँगको युद्धका क्रममा धेरै युरोपेली मुलुकहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य आधार प्रयोग गर्न नदिएको विषयमा ट्रम्पले बारम्बार असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले युरोपेली राष्ट्रहरूले आफ्नै सुरक्षाको जिम्मेवारी बढी वहन गर्नुपर्ने धारणा दोहोर्याउँदै अमेरिकाले आफ्ना सुरक्षा प्रतिबद्धता क्रमशः घटाउने सङ्केत पनि दिए ।
ट्रम्पको निरन्तर दबाबपछि गत वर्ष नाटो सदस्य राष्ट्रहरूले सन् २०३५ भित्र रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म पुर्याउने सहमति गरेका थिए ।
सन् १९४९ मा स्थापना भएको नाटोलाई अमेरिकाको नेतृत्वमा रहेको प्रमुख रक्षा गठबन्धनका रूपमा लिइन्छ । युरोपमा स्थिरता कायम राख्न, तत्कालीन सोभियत सङ्घको प्रभाव नियन्त्रण गर्न तथा अमेरिकाको विश्वव्यापी रणनीतिक प्रभाव विस्तार गर्न यस गठबन्धनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठगीको अभियोगमा एक जना पक्राउ
-
नेपालमै सहजै रासायनिक मल उत्पादन सम्भव छ
-
किएभमा रूसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ३० पुग्याे
-
कर्णालीको मिटर अभाव र सुर्खेतको लो–भोल्टेज समस्या समाधान हुँदै, ७ दिनभित्र थप ३ हजार मिटर पुग्ने
-
दिल्लीमा डिम्ब तस्करीको सञ्जाल, निसानामा कैलाली र कञ्चनपुरका थारु युवती
-
व्यास नगरपालिकामा घरधनीदेखि डेरावालासम्मका सुन र नगद चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण