शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

क्यान्सरका यी ५ लक्षण, कहिल्यै गर्नु हुँदैन बेवास्ता

शनिबार, २० असार २०८३, ०७ : ५२
शनिबार, २० असार २०८३

सारांश

  • क्यान्सरको प्रारम्भिक चरणमा पहिचान गर्न सकिएमा यसलाई रोक्न सकिन्छ ।
  • बिना कारण तौल घट्नु, जति बेला पनि थकित महसुस हुनु, शरीरमा गाँठो आउनु, रक्तस्राव हुनु, र आवाज परिवर्तन हुनु क्यान्सरका केही लक्षणहरू हुन् ।
  • यी लक्षणहरूलाई बेवास्ता नगरी तुरुन्तै डाक्टरसँग परामर्श लिनु आवश्यक छ ।

काठमाडौँ । क्यान्सर अहिले सामान्य रोग जस्तै बनेको छ । हरके दोस्रो तेस्रो व्यक्ति क्यान्सरबाट ग्रस्त भेटिन्छन् । यद्यपि यो अब बढ्दो रूपमा उपचार योग्य पनि हुँदै गइरहेको छ । प्रारम्भिक चरणमै पहिचान गर्न सकिए यसलाई रोक्न सकिन्छ । 

क्यान्सरका लक्षणहरू धेरै सामान्य छन्, तिनीहरूलाई पत्ता लगाउन गाह्रो बनाउँछ । प्रारम्भिक लक्षणहरू प्रायः सामान्य रोगहरूको जस्तै देखिन्छ । जसले गर्दा मानिसहरूले ती लक्षणहरूलाई बेवास्ता गर्छन् । तर हामी सबैले आफ्नो शरीरमा हुने कुनै पनि परिवर्तनहरूमा चाँडै ध्यान दिनु जरुरी छ ।

बिना कारण वजन घट्नु
तपाईँले आफ्नो आहार वा व्यायाम दिनचर्या परिवर्तन गर्नुभएको छैन, तर केही महिना भित्र अचानक तौल घट्न थाल्यो भने चिन्ताको कारण हुन सक्छ । बिना कारण तौल घट्नु धेरै प्रकारका क्यान्सरको सङ्केत हो ।

थाक्ने खालको काम नगरेपनि जति बेला पनि थकित भएको महसुस भइरह्यो भने पनि यो लक्षणलाई बेवास्ता गर्नुहुन्न । यसले थप समस्या निम्त्याउनेछ । किनकि दिनभरिको भागदौड र व्यस्तता पूर्ण काम गराइपछि थकान महसुस हुनु सामान्य हो, तर परिश्रम बिना सुस्त महसुस गर्नु स्वास्थ्यको हिसाबले राम्रो होइन ।

शरीरमा गाँठो आउने वा सुन्निएको महसुस हुनु

आफ्नो शरीरकोस्तन, घाँटी, काखी, वा अण्डकोष लगायत कुनै पनि भागमा  नयाँ गाँठो वा सुन्निएको महसुस हुन्छ र यो लामो समयसम्म रहिरहन्छ भने, तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् । हरेक गाँठो क्यान्सर होइन, तर यसको जाँच गराउनु महत्त्वपूर्ण छ ।

रक्तस्राव

आफ्नो दिसा, पिसाब, खोकी, बान्ता, वा महिलामा महिनावारी बाहेकको अवस्थामा समेत रक्तश्राव भयो भने यसलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन । यो धेरै गम्भीर रोगहरूको साथै केही प्रकारका क्यान्सरहरूको सङ्केत हुन सक्छ ।

आवाज परिवर्तन

तीन हप्ताभन्दा बढी समयसम्म खोकी आइरहेको छ, आवाज सुकेको छ वा निल्न लगातार कठिनाइ हुन्छ भने डाक्टरसँग परामर्श गर्नु जरुरी छ । यो फोक्सो, घाँटी वा स्वरयन्त्रको गम्भीर समस्याको सङ्केत हुन सक्छ ।  

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप