एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
शनिबार, २० असार २०८३, ०९ : २३
सारांश
- गायक हिमाल सागर र एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक भएको छ ।
- लोक–आधुनिक शैलीमा तयार गीत मार्फत हिमाल र एलिनाले पहिलोपटक गायनमा सहकार्य गरेका हुन् ।
- गीतमा शब्द तथा संगीत नृपेश उप्रेतीको छ भने म्युजिक भिडियो निर्देशन शक्ति प्रज्ज्वल घिमिरेले गरेका हुन् ।
काठमाडौँ । गायक हिमाल सागर र एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘ताकधिन् ताकधिन् ’ सार्वजनिक भएको छ । लोक–आधुनिक शैलीमा तयार गीत मार्फत हिमाल र एलिनाले पहिलोपटक गायनमा सहकार्य गरेका हुन् । गीतमा शब्द तथा संगीत नृपेश उप्रेतीको छ ।
प्रेमिल र जनजिब्रोमा झुन्डिने खालको गीतको म्युजिक भिडियो निर्देशन शक्ति प्रज्ज्वल घिमिरेले गरेका छन् । स्मारिका ढकाल र प्रभात पल ठकुरीको अभिनय रहेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन तथा प्रवीण थापाको छ ।
भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । नुवाकोटको रमणीय दृश्यहरूलाई भिडियोमा कैद गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण