शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय

शनिबार, २० असार २०८३, ०९ : ४२
शनिबार, २० असार २०८३

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३’ को मस्यौदा तयार पारेको छ। मन्त्रालयले नीतिको आवश्यकता र औचित्य पुष्टि गर्दै तयार पारेको उक्त मस्यौदामाथि सर्वसाधारणको राय सुझाव माग गरेको हो।

यो नीतिलाई परिमार्जन गर्न र सरोकारवालाको सुझाव समेट्नका लागि सार्वजनिक सूचना जारी गरेको हो। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र इच्छुक व्यक्ति वा संस्थाले आफ्नो राय र प्रतिक्रिया बुझाउन सक्ने मन्त्रालयले जनाएको छ। 

सर्वसाधारणले आफ्नो सुझाव निर्धारित सूचना ढाँचामा तयार पारी मन्त्रालयको आधिकारिक इमेल [email protected] मा पठाइसक्नु पर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप