‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
सारांश
- नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताएका छन्।
- उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य, नवीन खोजमा लगानी बढाउनुका साथै वातावरण संरक्षण, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, सामाजिक न्याय र मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु राज्यको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए।
- महासेठले विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुने तर्क गर्दै नेपाल र चीनबिचको साझेदारीले नेपालको विकासको आकाङ्क्षालाई टेवा पुर्याएको बताए।
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताएका छन्।
‘चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
नेपालको विकासका प्राथमिकताहरू स्पष्ट रहेको उल्लेख गर्दै नेता महासेठले गुणस्तरीय शिक्षा, स्वास्थ्य र नवीन खोजमा लगानी बढाउनुपर्नेमा जोड दिए।वातावरण संरक्षण, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, सामाजिक न्याय र नेपालको मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु राज्यको उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी रहेको उनले बताए।
नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै उपमहासचिव महासेठले दुई देशबिचको मित्रता आपसी सम्मान, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको उल्लेख गरे। पञ्चशीलको सिद्धान्तबाट निर्देशित नेपाल–चीन सम्बन्ध दशकौँदेखि मजबुत र स्थिर रहेको उनको भनाइ छ।
आफ्नो मन्तव्यका क्रममा उनले भने, ‘हामीले युवाहरूका लागि अर्थपूर्ण रोजगारी सिर्जना गर्नुपर्छ र डिजिटल अर्थतन्त्र तथा उदीयमान प्रविधिले सिर्जना गरेका अवसरहरूलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्छ। आज नेपाल र चीनबिचको सहकार्य पूर्वाधार विकास, व्यापार, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र जनस्तरको सम्बन्धसम्म विस्तार भएको छ। यो साझेदारीले नेपालको विकासको आकाङ्क्षालाई मात्र नभई क्षेत्रीय कनेक्टिभिटी, स्थिरता र साझा समृद्धिलाई समेत टेवा पुर्याएको छ।’
विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुने उनले तर्क गरे। नेपाल र चीनले सधैँ एक अर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्र विकासको छनोटलाई सम्मान गर्दै आएको स्मरण गर्दै उनले आगामी दिनमा दुई देशबिचको पारस्परिक हितमा आधारित साझेदारी अझ गहिरो हुने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण
-
यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
-
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
-
बङ्गलादेशमा अर्जेन्टिनाको क्रेज : म्याराडोनाको जादुदेखि मेस्सीको मोहसम्म
-
राष्ट्रियसभा बैठक : बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण