फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
शनिबार, २० असार २०८३, १३ : ५०
पोखरा । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बिचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयालको शनिबार उद्धार गरिएको हो ।
फुयालले फेवातालमा कायकिङ गरिरहेको बेला अचानक तीव्र हावाहुरी चलेको थियो । सोही कारण उनी तालको बिच भागमा अड्किएर अलपत्र परेकी थिइन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेक्वा कालिका कास्कीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको थियो । हाल उनको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
-
संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
-
महान्यायाधिवक्ता कार्यालयको निर्देशन : जेनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नू
-
नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा : अर्थमन्त्री
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण