आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ

शनिबार, २० असार २०८३, २१ : २९
शनिबार, २० असार २०८३

सारांश

  • आफू प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक महिला काठमाडौँबाट पक्राउ परेकी छन्।
  • पक्राउ परेकी दीपिका बोहोरा (तामाङ) ले प्रहरीको पोसाक लगाएको तस्बिर देखाएर विभिन्न आश्वासन दिँदै पीडितहरूलाई ठगी गरेकी थिइन्।
  • उनले पीडितहरूलाई आफ्नो ई-सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाएर ठगी तथा आपराधिक लाभ लिने गरेको पाइएको छ।

काठमाडौँ। आफूलाई प्रहरी अधिकारी बताएर सर्वसाधारणलाई ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्।

काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखा बस्ने इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

दिपिकाले आफू नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै पोसाक लगाएको तस्बिर देखाउने गरेकी थिइन्। उनले विभिन्न आश्वासन दिई पीडितहरूलाई आफ्नो ई-सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाएर झुक्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने गरेकी थिइन्।

यस्तो कार्यमा संलग्न रहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप