नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
काठमाडौँ । नेपाली जनसम्पर्क समिति अमेरिकाको विगत १२ वर्षदेखि हुन नसकेको अधिवेशन आगामी अगस्ट १४ देखि १६ सम्म अमेरिकाको डी.सी. मेट्रो क्षेत्रमा हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन तथा विधानअनुसार लामो समयदेखि रोकिएको अधिवेशन सम्पन्न गर्न विभिन्न राज्य तथा च्याप्टरसँग परामर्शपछि अधिवेशन तयारी समितिले मिति र स्थान तय गरेको हो।
अधिवेशन तयारी समितिका संयोजक धनञ्जय नरसिंह के.सी.ले अधिवेशनले सङ्गठनलाई थप सुदृढ, लोकतान्त्रिक र एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै सदस्य, प्रतिनिधि तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने सबैलाई सक्रिय सहभागिताका साथ अधिवेशन सफल बनाउन आग्रह गरेका छन्।
समितिका मिडिया प्रमुख रामजीवी पन्थका अनुसार अधिवेशनलाई निष्पक्ष र व्यवस्थित बनाउन भक्त थापाको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति तथा विनोद भट्टको संयोजकत्वमा विधान समिति गठन गरिएको छ। आर्थिक, प्रचार–प्रसार, व्यवस्थापन, स्वयंसेवक र सांस्कृतिकलगायत विभिन्न उपसमितिले पनि तयारीलाई तीव्र बनाएका छन्।
पन्थले १२ वर्षपछि हुन लागेको अधिवेशनले विगतका तिक्तता अन्त्य गर्दै सङ्गठनमा वृहत् एकताको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार अधिकांश च्याप्टरको अधिवेशन सम्पन्न भइसकेको छ भने केन्द्रीय अधिवेशनको सम्पूर्ण तयारी निर्धारित समयभित्र पूरा गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण