नेपालगञ्जबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
सोमबार, २२ असार २०८३, १० : ०१
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा स्थानीय ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया रहेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शङ्का लागेर उनीहरूको खानतलासी गरेको थियो । सोही क्रममा जसवन्त चौहान लोनियाको हातको मुठ्ठीभित्र लुकाइराखेको अवस्थामा प्लास्टिकको पोका फेला परेको थियो । उक्त पोका खोतलेर हेर्दा ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई हिरासतमा राखेर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
-
‘फिफाले जुलाईमा अप्रिल फुल मनायो’
-
रास्वपामा दुई कार्यकालको व्यवस्था : बदमासी गरे को–को हुनेछन् फिर्ता ?
-
श्रम शोषणले डाक्टरहरू विदेशिए, भविष्यमा गम्भीर अभाव हुन्छ : सांसद ओली
-
‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?
-
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण