दूरसञ्चार सेवा कर्णाली र दुर्गम क्षेत्रमा सम्मान वितरण गर्न माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी रानाले दूरसञ्चार सेवाको असमान वितरण भएको भन्दै सरकारको आलोचना गरेकी छन् ।
- काठमाडौँमा ५जी सेवाको तयारी हुँदा कर्णाली र दुर्गम क्षेत्रका नागरिकहरू २जी सेवामा सीमित हुनुपर्ने अवस्थाको उनले सदनमा ध्यानाकर्षण गराइन् ।
- सांसद रानाले कर्णाली र दुर्गम हिमाली क्षेत्रमा आगामी कात्तिकभित्र अनिवार्य रूपमा ४जी सेवा विस्तार गर्न माग गरेकी छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी रानाले दूरसञ्चार सेवाको असमान वितरण भएको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद रानाले देशको राजधानी काठमाडौँ ५जी सेवाको तयारीमा रहँदा कर्णाली र दुर्गम हिमाली क्षेत्रका नागरिकहरू अझै पनि कमजोर २ जी सेवामा खुम्चिनुपरेको भन्दै सरकारको कडा आलोचना गरेकी हुन् ।
सांसद राणाले प्रविधिको यो असमान वितरणले नागरिकको समान अधिकार र अवसरमा गम्भीर असर पारेको बताइन् । ‘काठमाडौँले ५जीको कुरा गरिरहँदा कर्णालीका नागरिकहरू २जीमै सीमित रहनु स्वीकार्य हुन सक्दैन । यो केवल प्रविधिको अन्तर होइन, अवसर, पहुँच र समान अधिकारको अन्तर हो’ सांसद रानाले भनिन् ।
सांसद रानाले विशेष गरी माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकाका नागरिकले सञ्चार सुविधाको अभावमा भोग्नुपरेको पीडा सदनमा सुनाइन्। यस्तै समस्या हुम्ला, मुगु, बाजुरा र जाजरकोट लगायतका दुर्गम जिल्लाहरूमा पनि व्याप्त रहेको उनको भनाइ थियो।
सञ्चार अभावका कारण शिक्षा, स्वास्थ्य, बैंकिङ र सरकारी सेवा प्रवाहमा गम्भीर अवरोध सिर्जना भएको उल्लेख गर्दै उनले भनिन्,‘ काठमाडौँको विद्यार्थीले एक क्लिकमा संसारको उत्कृष्ट कक्षाकोठासँग जोडिन पाउँदा डोल्पा वा हुम्लाको विद्यार्थीले इन्टरनेट सिग्नल खोज्न पहाड चढ्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।’
सञ्चार सुविधालाई विलासिता नभई जीवन रेखाको रूपमा परिभाषित गर्दै उनले गर्भवती महिलाले स्वास्थ्य सल्लाह लिन, किसानले बजारको जानकारी पाउन र युवाहरूले अनलाइन अवसर खोज्न समेत सञ्चारकै अभावमा सङ्घर्ष गर्नुपरेको बताइन् ।
सांसद रानाले कर्णाली र सबै दुर्गम हिमाली क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी कात्तिकभित्र अनिवार्य रूपमा ४ जी सेवा विस्तार गर्न सरकारसँग माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण