विशेष महाधिवेशनको जिद्दीका कारण कांग्रेस ८९ बाट ३८ सिटमा खुम्चियो: नेता विश्वकर्मा
सारांश
- नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको तयारीका लागि काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
- निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनबाट जोगाउन शीर्ष नेताहरूको प्रयासका बाबजुद एकताको ठोस परिणाम नदेखिएकोमा चिन्ता व्यक्त गरे ।
- नेता मीनबहादुर विश्वकर्माले विशेष महाधिवेशनको जिद्दीले पार्टीले अघिल्लो निर्वाचनमा ८९ सिटबाट ३८ सिटमा खुम्चिनुपरेको दाबी गरे ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको तयारीका लागि काठमाडौँको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
१४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको सक्रियतामा सोमवार कार्यालयको उद्घाटन गरिनुका साथै औपचारिक बैठक समेत सुरु भएको छ ।
कार्यालयको उद्घाटन र बैठकको प्रारम्भिक सत्रमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका सन्दर्भमा देखिएका विवाद तथा पार्टीका हालसम्मका गतिविधिबारे स्पष्ट पारेका थिए । पार्टीलाई विभाजनबाट जोगाउन शीर्ष नेताहरू र केन्द्रीय सदस्यहरूले निरन्तर प्रयास गरे तापनि पछिल्लो पाँच महिनामा एकताको ठोस परिणाम देखा नपरेकोमा खड्काले चिन्ता व्यक्त गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेसभित्र मजबुत एकता आवश्यक रहेको बताए । उनले निर्वाचन आयोग र अदालतबाट मान्यता प्राप्त नेतृत्वले पार्टी एकताका लागि सार्थक पहल गर्न नसकेको आरोप समेत लगाए ।
बैठकले आगामी साउन ६ गते बीपी कोइरालाको स्मृति दिवसलाई ऐतिहासिक रूपमा मनाउने निर्णय गरेको छ । मंगलवार पुनः बैठक बसेर कार्यक्रमको विस्तृत कार्यतालिका र स्थान तय गरिने जानकारी दिइएको छ । उक्त बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका र सम्पर्क कार्यालयमार्फत गरिने आगामी गतिविधिहरूबारे पनि निष्कर्ष निकाल्ने नेता विश्वकर्माले बताए ।
पार्टीभित्रको आन्तरिक विवादबारे चर्चा गर्दै नेता विश्वकर्माले वर्तमान नेतृत्वका कारण पार्टी एकतामा बाधा पुगेको दाबी गरे । विशेष महाधिवेशनको जिद्दीका कारण पार्टीले अघिल्लो निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको र ८९ सिटबाट ३८ सिटमा खुम्चिनुपरेको उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण