सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बैतडीमा घर भत्किँदा ३ जना घाइते

सोमबार, २२ असार २०८३, १७ : ०४
सोमबार, २२ असार २०८३

बैतडी । स्थानीय मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किँदा ३ जना घाइते भएका हुन् । घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अरूको सामान्य रहेको उनले जानकारी दिए । ढुङ्गा–माटोको जोडाइ भएको दुईतल्ले कच्ची घरको मुख्य निधाल भाँचिएर घर भत्किएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा ६ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप