१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
काठमाडौँ । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु नपरेको दाबी गरिएको छ ।
असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यही असार १ देखि १९ गतेसम्मको सरकारी तथ्याङ्कअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत कूल ४० हजार ५६९.२५ मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ ।
“विगतका वर्षहरूमा धान रोपाइँको मुख्ययाममै किसानले रासायनिक मल नपाएर सास्ती खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो”, “प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल भनिन्, “तर यसपटक सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन् ।”
यसबाट राष्ट्रिय आपूर्तिमा सरकारी निकायका बीचको समन्वय पनि निकै प्रभावकारी देखिएको छ । कूल वितरणमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६ मेट्रिकटन मल उपभोक्ता समक्ष पु¥याएर बजारको मागलाई सन्तुलित बनाएको छ ।
रापोइँको समयमा मलको आवश्यकताका बारेमा जानकार रहेको सरकारी संयन्त्रले मागअनुसार कै मल बजारमा पठाएका कारण यस अवधिमा सबैभन्दा बढी २३ हजार ४८२.४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डिएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल किसानले सहजै प्राप्त गर्न सकेका हुन् ।
विगतका अनुभवहरूलाई हेर्दा असार १५ गते (राष्ट्रिय धान दिवस) को आसपासमा मलको माग अत्यधिक भई प्रणाली नै प्रभावित हुने गर्दथ्यो । असारको सुरुमा दैनिक औसत बिक्री ८७६.४५ मेट्रिकटन मात्र रहेकोमा असार १५ गते बढेर चार हजार ८७७.१५ मेट्रिकटन पुगेको थियो । विगतका कैयौँ बर्षका तुलनामा यो सबैभन्दा धेरै मात्रा हो ।
तर, माग सँगसँगै वितरण प्रणालीलाई पनि समानान्तर रूपमा चुस्त राखिएकाले एकैदिन झण्डै पाँच हजार टन मल वितरण हुँदासमेत कतै पनि आपूर्ति शृङ्खला नखल्बलिएको कृषिका अधिकारीहरु बताउँछन् ।
प्रेस तथा अनुसन्धान विज्ञ दाहाल भन्छिन्, “असार १५ गते एकैदिन करिब पाँच हजार मेट्रिकटन मल कुनै अवरोध विना किसानको हातमा पुग्नु आफैँमा सरकारी संयन्त्रको प्रभावकारिता र किसानप्रतिको जवाफदेहिताको बलियो प्रमाण हो । आगामी दिनमा पनि मलको अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयले निरन्तर अनुगमन र समन्वय गरिरहेकै छ ।”
समयमै बजेट सुनिश्चितता, वैदेशिक खरिद प्रक्रियाको पूर्वतयारी र जिल्ला–जिल्लामा रहेका डिपोको निरन्तर निगरानीका कारण यसवर्ष रासायनिक मलको मौज्दात पर्याप्त रहेको छ ।
सरकारको योजनाबद्ध पहल र सक्रिय अग्रसरताले बाँकी यामहरूमा पनि कृषि क्षेत्रमा आवश्यक सहयोग, समन्वय तथा उत्साहलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापनाको ५ वर्ष, कामै नगरी खारेज भयो बागमती प्रदेशको एउटा कार्यालय
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण