१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
सोमबार, २२ असार २०८३, २१ : २५
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार काठमाडौँमा जारी खेलाडी अक्सनमा १६ वर्षीय युवा खेलाडी प्रसिद्ध जैसीलाई काठमाडौँ गुर्खाजले अनुबन्ध गरेको छ ।
अक्सनका क्रममा युवा प्रतिभाहरूमाथि फ्रेन्चाइज टोलीहरूको विशेष चासो देखिएका बेला काठमाडौँ गुर्खाजले युवा खेलाडी जैसीलाई २ लाख रुपैयाँमा आफ्नो टोलीमा भित्र्याएको हो ।
सानो उमेरमै देशको प्रतिष्ठित फ्रेन्चाइज लिगको हिस्सा बन्न सफल प्रसिद्धको यो अनुबन्धलाई नेपाली घरेलु क्रिकेटमा युवा खेलाडीहरूको पहिचान र प्रवर्द्धनका रूपमा हेरिएको छ ।
काठमाडौँ गुर्खाजले उनीमाथि भरोसा देखाउँदै टोलीमा स्थान दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकालाई ३–१ ले पछि पार्दै क्वार्टरफाइनल नजिक बेल्जियम
-
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ
-
कब्जियत भएको बेला किन खानु हुँदैन केरा ?
-
उखु किसानको करिब दुई अर्ब भुक्तानी
-
विषादीरहित तरकारी उत्पादनतर्फ आकर्षित भए किसान
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण