मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानुन पारित नभए आगामी निर्वाचन हुन कठिन छ:  भण्डारी

मङ्गलबार, २३ असार २०८३, १० : १२
मङ्गलबार, २३ असार २०८३

सारांश

  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन चालु अधिवेशनभित्रै पारित नभए आगामी निर्वाचन हुन कठिन हुने बताएका छन् ।
  • उनले बजेट अधिवेशनमा कानुन बन्न नसके आगामी निर्वाचन झनै पेचिलो बन्ने र इभोटिङ जस्ता माग सम्बोधन गर्न सकिने बताए ।
  • आफूले एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर पेस गरेको तीन वर्ष बितिसक्दा पनि संसदमा पेस नभएकोमा उनले गुनासो गरे ।

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन चालु अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वाचन हुन कठिन रहेको बताएका छन् । 

सोमवार निर्वाचन आयोगमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट अधिवेशनमा एकीकृत निर्वाचन कानुन पारित नभए आगामी निर्वाचन हुन कठिन रहेको बताए । बजेट अधिवेशनभित्रै कानुन बन्न नसके आगामी दिनमा निर्वाचन झनै पेचिलो बन्ने उनको भनाइ छ । 

नयाँ निर्वाचन कानुन ल्याएर इभोटिङ लगायतका मागहरु सम्बोधन गर्न सकिने उनले बताए । उनले आफू निर्वाचन आयोगमा हुँदा आयोगलाई कानुनी रूपमा स्पष्ट र दर्बिलो बनाउने काम गरेको जिकिर गरे । आफ्नो कार्यकालमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर सम्बन्धित मन्त्रालयमा पेस गरेको भएपनि पेस गरेको तीन वर्षभन्दा बढी हुँदा समेत संसदमा पेस हुन नसकेको गुनासो गरे। 

अबको निर्वाचनको आयोगको गन्तव्य अझै पेचिलो रहेको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सबैलाई मिलाएर लैजानसक्ने नेतृत्व आयोगलाई आवश्यक रहेको बताए। भण्डारी ६५ वर्षे उमेरहदका कारण मंगलवारबाट अनिवार्य अवकाशमा जाँदै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप