लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
सारांश
- सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूको गठन र त्यसको संरचनालाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच रोचक बहस भएको छ।
- समितिमा संयोजकको विषयमा सहमति हुन नसकेपछि बैठक स्थगित भएको छ।
- सांसदहरूले उपसमितिहरूलाई पूर्ण रूपमा समावेशी बनाउन माग गरेका छन्।
काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूको गठन र त्यसको संरचनालाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच रोचक बहस भएको छ।
समितिमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच संयोजकका विषयमा सहमति हुन सकेको छैन।
सांसदहरू खगेन्द्र सुनार र अन्य सांसदहरूले उपसमितिहरूलाई पूर्ण रूपमा समावेशी बनाउन माग गरे। उनीहरूले महिला, दलित, जनजाति र अन्य पिछडिएका वर्गको प्रतिनिधित्वले मात्रै संसदीय समितिको गरिमा र न्यायपूर्ण निर्णय हुने धारणा राखे।
तर सुनारले उपसमितिमा बहुमत भएको दलले संयोजक छाडेर सदस्य बसेर काम गर्न नसक्ने बताएपछि प्रतिपक्षका सांसदहरूले असहमति जनाएका छन्।
बैठकमा सांसद खुस्बु ओलीले उपसमिति गठन गर्दा सत्तापक्षले प्रतिपक्षलाई ठाउँ दिनु भनेको कुनै अनुदान दिएको जस्तो व्यवहार गर्न नहुने बताइन्। उनले यो समितिको अधिकार र जिम्मेवारी भएकोले यसलाई दलीय कृपाको रूपमा हेर्न नहुनेमा जोड दिइन्। ओलीले सत्तापक्षले ल्याएको प्रस्तावलाई प्रतिपक्षले स्वीकार नगर्ने बताइन् ।
परम्परा अनुसार सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षले गर्ने भए तापनि उपसमितिहरूमा सत्तापक्ष र प्रतिपक्षको सहभागिता सम्मान रूपमा हुनु पर्ने माग गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण