४ हजार ८ सय कर्मचारी कटौती गर्दैछ माइक्रोसफ्ट
सारांश
- माइक्रोसफ्टले विश्वभर ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।
- कम्पनीले आफ्नो गेमिङ व्यवसाय एक्सबक्समा व्यापक पुनर्संरचना गर्दै चार स्टुडियोलाई अलग गर्ने निर्णय पनि गरेको छ ।
- माइक्रोसफ्टले आफ्ना खेलहरू एक्सबक्स कन्सोलमा मात्र सीमित नराखी विभिन्न प्लेटफर्ममा उपलब्ध गराउने रणनीति अपनाउने भएको छ ।
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरका ४ हजार ८ सय कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ ।
यो कम्पनीको कुल कार्यबलको करिब २ दशमलव १ प्रतिशत हो । कम्पनीले आफ्नो गेमिङ व्यवसाय एक्सबक्समा व्यापक पुनर्संरचना गर्दै चार स्टुडियोलाई अलग गर्ने निर्णय पनि गरेको छ । कम्पनीका अनुसार गेमिङ डिभिजनमा मात्र ३ हजार २ सय पद कटौती गरिनेछ । तीमध्ये १ हजार ६ सय कर्मचारीलाई सोमबारदेखि नै बिदा गरिएको छ ।
माइक्रोसफ्टले पछिल्ला केही वर्षमा एक्सबक्स व्यवसाय विस्तारका लागि अर्बाैं डलर लगानी गरेको थियो । यस क्रममा उसले एक्टिभिजन ब्लिजार्डलाई पनि खरिद गरेको थियो । तर त्यसपछि पनि सोनीको प्लेस्टेसन र निन्टेन्डोसँगको प्रतिस्पर्धामा अपेक्षित सफलता हासिल गर्न नसकेपछि कम्पनीले गेमिङ व्यवसायको रणनीतिमा ठूलो परिवर्तन गर्न लागेको हो ।
अब माइक्रोसफ्टले आफ्ना खेलहरू एक्सबक्स कन्सोलमा मात्र सीमित नराखी विभिन्न प्लेटफर्ममा उपलब्ध गराउने रणनीति अपनाउने भएको छ । यसले कन्सोल बिक्रीभन्दा खेल वितरणलाई बढी प्राथमिकता दिने कम्पनीको योजना देखिएको छ । एक्सबक्सकी प्रमुख आशा शर्माले कर्मचारीलाई पठाएको सन्देशमा पुनर्संरचनाअन्तर्गत चार स्टुडियोलाई अलग गरिने जानकारी दिएकी छन् ।
उनका अनुसार कम्पल्सन गेम्स र डबल फाइन प्रोडक्सन्स स्वतन्त्र स्टुडियोका रूपमा सञ्चालन हुनेछन् । त्यस्तै निन्जा थ्योरी र अनडेड ल्याब्सलाई पनि छुट्टै कम्पनीका रूपमा विकास गरिनेछ, जसले क्रमशः सेनुआ र स्टेट अफ डिके ३ खेलको विकासमा ध्यान केन्द्रित गर्नेछन् । यस्तै, डिसअनर्ड खेल विकास गरेको आर्केन स्टुडियोले पनि आफ्ना कर्मचारी सङ्घसँग कम्पनीको भविष्यबारे छलफल सुरु गरेको जनाएको छ । उक्त स्टुडियो हाल मार्भल कमिक्सका पात्र ब्लेडमा आधारित नयाँ खेल निर्माण गरिरहेको छ ।
पछिल्लो समय कृत्रिम बौद्धिकता अपनाउने क्रम बढेसँगै प्रविधि कम्पनीहरूले धमाधम कर्मचारी कटौती गरिरहेका छन् । यस वर्ष विश्वका ठूला प्रविधि कम्पनीहरूले एआईमा ७ खर्ब डलरभन्दा बढी लगानी गर्ने अनुमान गरिएको छ । बढ्दो लगानीबाट प्रतिफल निकाल्ने दबाबबीच अमेजन र मेटा प्लेटफम्र्सले पनि यस वर्ष हजारौँ कर्मचारी कटौती गरिसकेका छन् । माइक्रोसफ्टकी प्रमुख मानव स्रोत अधिकृत एमी कोलम्यानले भने कर्मचारीलाई पठाएको सन्देशमा हटाइएका पदहरू एआईले प्रतिस्थापन गर्नका लागि कटौती नगरिएको स्पष्ट पारेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
-
यस्ता छन् मौद्रिक नीतिका मुख्य मुख्य व्यवस्था
-
अर्जेन्टिनालाई लगातार उपाधि दाबेदार बनाउने गोलकिपर मार्टिनेज
-
आगामी वर्ष प्रणालीमा थपिँदै १०४० मेगावाट बिजुली, ४६ अर्ब प्रसारण लाइनमा खर्च हुने
-
विद्युतमा कर बढाउँदा आलोचना भएपछि ऊर्जामन्त्रीको प्रष्टीकरण, ‘जनतालाई थप आर्थिक भार नपार्न अर्थ मन्त्रालयलाई भनेको छु’
-
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण