चीनमा समुद्री आँधीका कारण ८ जनाको मृत्यु
सारांश
- चीनको मध्य भागमा आएको टोर्नाडो र भीषण वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
- दक्षिणी चीनका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढेपछि उद्धार टोलीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेका छन् ।
- हुबेई प्रान्तको आपत्कालीन व्यवस्थापन विभागका अनुसार सोमबार राति प्रान्तका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीसहित वर्षा भएको थियो ।
बेइजिङ । चीनको मध्य भागमा आएको टोर्नाडो र भीषण वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
दक्षिणी चीनका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढेपछि उद्धार टोलीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेका छन् ।
मौसमविद्हरूले यस वर्ष चीनले भारी वर्षा, आँधी, बाढी र अन्य भू–प्राकृतिक विपद्का कारण जटिल चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
हुबेई प्रान्तको आपत्कालीन व्यवस्थापन विभागका अनुसार सोमबार राति प्रान्तका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीसहित वर्षा भएको थियो । प्रान्तको पूर्वी सहर ह्वाङगाङमा मात्र १७३ जना घाइते भएका छन् ।
साथै २६९ जनालाई होटल तथा आफन्तका घरमा सुरक्षित रूपमा सारिएको स्थानीय प्रशासनले जनाएको छ । टोर्नाडोका कारण घरका छाना, सडक, रुख तथा खेतीयोग्य जमिनमा व्यापक क्षति पुगेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा स्थानीय बासिन्दाहरूले तीव्र हावाहुरीका बीच पसलका ढोका थामेर जोगाउने प्रयास गरिरहेका देखिन्छन् । त्यस्तै छाता, कुर्सी र रुखका हाँगाहरू हावाले उडाएर सडकभरि छरिएको दृश्य पनि देखिएको छ । मौसमविद्हरूका अनुसार यो हुबेई प्रान्तमा पछिल्ला केही वर्षयता आएको पहिलो टोर्नाडो हो ।
आपतकालीन व्यवस्थापन विभागले प्रान्तभर ३ हजार ५ सयभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको जनाएको छ । उनीहरूले उद्धार, राहत वितरण तथा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण