सामाजिक सञ्जालमा मन्त्रीविरूद्ध टिप्पणी गर्ने स्वास्थ्यकर्मीसँग प्रहरीको सोधपुछ
सारांश
- धनुषाका एक स्वास्थ्यकर्मीलाई सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध टिप्पणी गरेको आरोपमा प्रहरीले सोधपुछ गरेको छ।
- हेल्थ असिस्टेन्ट नवेश अधिकारीले स्वास्थ्यकर्मीको सेवा सुविधा बढाउन माग गर्दै मन्त्रीको राजीनामा मागेका थिए।
- प्रहरीले सामान्य सोधपुश गरेपछि अधिकारीलाई रिहा गरेको छ।
काठमाडौँ । सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध टिप्पणी गरेको आरोपमा प्रहरीले धनुषाका एक जना स्वास्थ्यकर्मीलाई सोधपुछ गरेको छ।
हेल्थ असिस्टेन्ट नवेश अधिकारीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि रिहा गरेको हो।
धनुषा स्थित एक निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका अधिकारीले स्वास्थ्यकर्मी सेवा सुविधा बढाउन माग गर्दै मन्त्रीको राजीनामा माग्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । अधिकारीले शनिवार स्वास्थ्यमन्त्री मेहताको तस्बिर रातो मसिले क्रस गर्दै ‘माफिया मन्त्री’ उल्लेख गरेर पोस्ट गरेका थिए ।
स्वास्थ्यकर्मी अधिकारीलाई सामान्य सोधपुछ गरेर रिहा गरिएको धनुषाका एसपी रुपेश खड्काले रातोपाटीलाई बताए। उनले भने, ‘हामीले बोलाएका थियौँ, उहाँलाई सामान्य सोधपुछ गरेर रिहा गरिएको छ ।’
आफू कार्यरत संस्थामा पनि अधिकारीले तलब र सुविधा वृद्धि गर्नुपर्ने माग उठाउँदै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा भारतीय पर्यटकको चहलपहल ह्वात्तै बढ्यो, होटेलदेखि क्लबसम्म भरिभराउ
-
‘बखान’को दोस्रो संस्करण प्रकाशन
-
संस्थापनले इतर समूहका सिनियर नेताको क्रियाशील सदस्यता अध्यावधिक गर्ने अनुमति माग्ने
-
नदी उत्खननको मार: सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा
-
मनाङमा चामलको माग उच्च
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण