फ्रान्सेली राष्ट्रपतिको भ्रमणका क्रममा दमास्कसमा विस्फोट, १८ जना घाइते
दमास्कस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको सिरिया भ्रमणका क्रममा राजधानी दमास्कसको मध्यभागमा भएका दुईवटा विस्फोटमा १८ जना घाइते भएका छन् ।
यस घटनामा घाइतेमध्ये चार जना प्रहरी रहेको बताइएको छ । बीबीसीका अनुसार विस्फोट म्याक्रोँ बसिरहेको फोर सिजन्स होटल नजिकै भएका थिए । एक सुरक्षा स्रोतले विस्फोट दुई वटा विस्फोटक उपकरणका कारण भएको पुष्टि गरेको छ ।
म्याक्रोँ त्यसबेला सिरियाका राष्ट्रपति अहमद अल–शारासँग राष्ट्रपति भवनमा भेटवार्तामा थिए । फ्रान्सेली राष्ट्रपतिको कार्यालयले उनी सुरक्षित रहेको र उनले विस्फोटको आवाजसमेत नसुनेको जनाएको छ । म्याक्रोनको भ्रमण तालिका यथावत् रहेको र यहाँबाट उनी टर्कीमा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुन प्रस्थान गर्ने कार्यक्रम परिवर्तन नभएको एलिजे दरबारले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो तथा तस्बिरहरूमा होटल नजिकै सडकमा आगलागी भएको, धुवाँको मुस्लो उठेको तथा उद्धारकर्मीहरू परिचालन भएको देखिएको छ । बीबीसी भेरिफाइको विश्लेषणअनुसार विस्फोट भएको स्थान फोर सिजन्स होटलबाट करिब १२५ मिटर टाढा रहेको थियो ।
विस्फोटपछि म्याक्रोनले सामाजिक सञ्जालमार्फत ‘सुरक्षित, सार्वभौम, बहुलवादी र एकीकृत सिरिया निर्माण गर्ने सिरियाली जनताको आकांक्षा कुनै पनि शक्तिले दबाउन सक्दैन’ भन्दै आफ्नो भ्रमण योजनाअनुसार नै जारी रहने बताए । म्याक्रोन सोमबार साँझ दमास्कस पुगेका थिए ।
डिसेम्बर २०२४ मा बसर अल–असदको शासन पतनपछि सिरिया भ्रमण गर्ने उनी युरोपेली संघ (ईयू)का पहिलो नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
-
टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण