मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री शाहलाई गाली गरेर सामग्री प्रसारण गर्ने युट्युबर कारागार चलान

मङ्गलबार, २३ असार २०८३, १७ : ०३
मङ्गलबार, २३ असार २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरूलाई गालीगलौज गरेर सामग्री प्रसारण गर्ने युट्युबर रोशन पोखरेललाई पाँचथर जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
  • पोखरेलले हेड्स नामक युट्युब च्यानलमा प्रधानमन्त्री शाह र अन्य नेताहरुविरुद्ध अपमानजनक सामग्री प्रसारण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
  • अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले पोखरेलविरुद्ध साइबर अपराध मुद्दामा अभियोग दायर गरेको थियो ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरूलाई गालीगलौज गरेर सामग्री प्रसारण गर्ने युट्युबरलाई कारागार चलान गरिएको छ । पाँचथर जिल्ला अदालतको आदेशले युट्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीले फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेललाई २०८२ चैत २६ मा पक्राउ गरेर अनुसन्धान गरेको थियो । पोखरेलमाथि प्रहरीको साइबर ब्युरोले पनि अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा हाजिर जमानीमा छुटेका पोखरेल अभियोग पत्र दायर भएसँगै पुन: पक्राउ परेर पुर्पक्षका लागि थुनामा गएका हुन् ।

असार १८ मा इजलासबाट भएको उनलाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश भएको पाँचथर जिल्ला अदालतका श्रेस्तेदार राज कुमार निरौलाले रातोपाटीलाई बताए । पोखरेलले प्रधानमन्त्री शाह र अन्य नेताहरुविरुद्ध पनि अपमानजनक सामग्री प्रसारण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हेड्स नामक युट्युब च्यानलमा उनले त्यस्ता सामग्री प्रसारण गरेका हुन् । अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीविरुद्ध  साइबर अपराध मुद्दामा अभियोग दायर गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप