नेपाली महिला कबड्डी टोलीले बङ्गलादेशसँग पाँच खेलको शृङ्खला खेल्ने
सारांश
- पाँच खेलको शृङ्खला खेल्न नेपाली महिला कबड्डी टोली बङ्गलादेशको ढाका जाने भएको छ ।
- एसियन गेम्सका लागि खेलाडी छनोट र नयाँ खेलाडीलाई एक्सपोजर दिने उद्देश्यले यो शृङ्खला आयोजना गरिएको हो ।
- मेनुका राजवंशीको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरिएको छ भने प्रशिक्षकमा हरिना थापा रहेकी छन् ।
काठमाडौँ । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले बङ्गलादेशसँग पाँच खेलको शृङ्खला खेल्ने भएको छ । यो शृङ्खला जुलाई १७ देखि २३ तारिखसम्म बङ्गलादेशको ढाकामा आयोजना हुनेछ । नेपाली महिला टोलीले दोस्रो पटक बङ्गलादेशमा शृङ्खला खेल्न लागेको हो । नेपालको महिला टोलीले आगामी २० औँ एसियन गेम्समा पनि चुनौती प्रस्तुत गर्दैछन् ।
एसियन गेम्सका लागि मिसन–२६ मा रहेका सीमित खेलाडी मात्र यो शृङ्खलामा सहभागी छन् । नयाँ खेलाडीलाई एक्सपोजर दिने उद्देश्यले नियमित खेलाडीलाई विश्राम दिएको अखिल नेपाल कबड्डी सङ्घले जनाएको छ । कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले अरू खेलाडीलाई पनि अवसर दिने उद्देश्यले अधिकांश ‘बी’ टोलीका खेलाडीलाई समावेश गरिएको बताए ।
एसियन गेम्स र साउदी अरेबियामा हुने इन्डोर गेम्सका लागि पनि सङ्घले राष्ट्रिय टोलीका लागि ब्याकअप तयारी गरिरहेको छ । सोही लक्ष्य अनुरूप केही खेलाडीलाई भारतमा अभ्यासका लागि पठाइसकिएको छ । पाँच खेलको शृङ्खलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मङ्गलवार झापाको भद्रपुर गएको छ । नेपाली टोलीले आगामी ३० गतेसम्म भद्रपुरमा अभ्यास गर्ने र ३१ गते ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
मेनुका राजवंशीको कप्तानीमा १३ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । टोलीका अन्य खेलाडीहरूमा आस्मा यादव, सिर्जनाकुमारी थारु, निशा बोहरा, गङ्गा घिमिरे, नानुमाया पराजुली, मनिषा जोशी, विनिता पण्डित क्षेत्री, सुस्मी राई, राधिका खडायत, उरुषा शाक्य, निर्मला भट्ट, सङ्गीता तामाङ र पुष्पा चौधरी रहेका छन् ।
त्यस्तै, प्रशिक्षकमा हरिना थापा, सहायक प्रशिक्षकमा बन्धु राणा, टिम व्यवस्थापकमा कृष्णदेव पन्त तथा अफिसियलमा पर्शुराम झा, तरुणकुमार यादव, गणेशदत्त भट्ट, जयप्रकाश राजवंशी र प्रकाशप्रसाद शाह छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र अखिल नेपाल कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापाले मङ्गलवार नै एक कार्यक्रमका बिच बिदाइ गरे ।
सो अवसरमा सदस्यसचिव मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै आसन्न एशियाली खेलकुदमा कबड्डीको पुरुष र महिला दुवै टोली सहभागी हुने बताए । सङ्घकी अध्यक्ष थापाले राखेपबाट कबड्डीले राम्रो सहयोग पाइरहेको भन्दै धन्यवाद व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
-
भागबण्डा मिलेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पूर्णता पायाे
-
स्वास्थ्यमन्त्रीविरूद्ध टिप्पणी गरेका अधिकारी भन्छन्, ‘श्रम शोषणको आवाज दबाउन पक्राउ गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण