जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
सारांश
- सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको छ।
- भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत खसेको छ र भौतिक संरचनामा ठुलो क्षति पुगेको छ।
- करिब ८१ करोड रुपैयाँ लागतमा बनेको यो आधुनिक पूर्वाधारमा भएको क्षतिले राज्यलाई ठुलो आर्थिक नोक्सानी पुगेको छ।
ललितपुर । ललितपुरको गोदावरीस्थित सरकारी सभा–सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको छ। भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ भने सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठुलो क्षति पुगेको छ।
गोदावरीको ४३ रोपनी १५ आनामा निर्माण गरिएको उक्त सम्मेलन केन्द्र करिब तीन हजार दर्शक तथा सहभागी अट्ने क्षमताको थियो। शहरी विकास मन्त्रालयले २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भवनको शिलान्यास गराएको थियो भने २०७८ वैशाख ३१ गते प्रधानमन्त्री ओलीले नै भर्चुअल माध्यमबाट यसको उद्घाटन गरेका थिए।

सुरुमा करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको परियोजनाको लागत बढेर झन्डै ८१ करोड रुपैयाँ पुगेको थियो। केसी–समानान्तर जेभीले निर्माणको ठेक्का पाएको यस परियोजनाको निर्माण अवधि दुई पटक थप गरिएको थियो।

२०७८ असारदेखि सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति मार्फत सञ्चालन हुँदै आएको थियो। सम्मेलन केन्द्रका लागि मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गामध्ये १ सय रोपनी १ आना ३ पैसा जग्गा अतिक्रमणमा परेको विषय पनि यसअघि उठ्दै आएको थियो।

सरकारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन सञ्चालनका लागि निर्माण गरिएको यो आधुनिक पूर्वाधारमा भएको क्षतिले राज्यलाई ठुलो आर्थिक नोक्सानी पुगेको छ। तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण