इरानद्वारा बहराइन र कुवेतस्थित ८५ अमेरिकी सैन्य स्थलमा मिसाइल र ड्रोन आक्रमण
सारांश
- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले बहराइन र कुवेतमा रहेका ८५ अमेरिकी सैन्य स्थलमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
- अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेपछि प्रतिशोधस्वरूप यो कारबाही गरिएको आईआरजीसीले जनाएको छ ।
- यस घटनाभन्दा केही घण्टाअघि अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले होर्मुजको जलसन्धिमा व्यावसायिक जहाजहरूमाथि भएको आक्रमणपछि प्रतिकारस्वरूप इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरिएको जनाएको थियो ।
तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले बहराइन र कुवेतमा रहेका ८५ वटा अमेरिकी सैन्य स्थललाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएको दाबी गरेको छ । अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेपछि प्रतिशोधस्वरूप यो कारबाही गरिएको आईआरजीसीले जनाएको हो ।
टेलिग्राममार्फत जारी गरिएको वक्तव्यमा आईआरजीसीले आफ्नो नौसेना र वायुसेनाले संयुक्त रूपमा बहराइनको सलमान बन्दरगाहस्थित अमेरिकी सैन्य सुविधाहरू तथा यूएस फिफ्थ फ्लीटको सञ्चालन क्षेत्रलाई निशाना बनाएको उल्लेख गरेको छ । यसैगरी, कुवेतस्थित अली अल सलेम वायुसेना अड्डामाथि पनि मिसाइल र ड्रोन आक्रमण गरिएको आईआरजीसीले दाबी गरेको छ ।
यद्यपि, यस दाबप्रिति यूएस फिफ्थ फ्लीटले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । यसअघि कुवेतले आफ्नो वायु प्रतिरक्षा प्रणालीले देशतर्फ आएका मिसाइल र ड्रोन खतराको सामना गरिरहेको जनाएको थियो । बहराइनले पनि सम्भावित आक्रमणको चेतावनीस्वरूप देशभर साइरन बजाइएको जानकारी दिएको थियो ।
यस घटनाभन्दा केही घण्टाअघि अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) स्टे«ट अफ होर्मुजमा व्यावसायिक जहाजहरूमाथि भएको आक्रमणपछि प्रतिकारस्वरूप इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरिएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
-
नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण