राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा
सारांश
- नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सहमतिलाई लत्त्याउन नमिल्ने बताएका छन् ।
- उनले २०७७ जेठ ७ गते संसद्बाट सर्वसम्मत पास भएको नक्सा र राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन नमिल्ने बताए ।
- सांसद तामाङले सुकुमबासीको समस्या र प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकमा संकट सिर्जना भएको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन नमिल्ने बताएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सहमति लत्त्याउन नपाउने बताएका हुन् ।
‘२०७७ जेठ ७ गते संसद्बाट सर्वसम्मत पास भएको नक्सा र राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन’ उनले भने, ‘यो अभिव्यक्ति आपत्तिजनक छ, यसले हाम्रो सार्वभौमिकतामाथि प्रश्न उठाएको छ ।’
प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिका कारण मुलुकमा गम्भीर संकट र अन्योल सिर्जना भएको तामाङले बताए । सांसद तामाङले सुकुमबासी बस्तीबाट विस्थापित भएर होल्डिङ सेन्टरमा पुगेकी सबिना कार्कीको मर्मस्पर्शी अवस्था सदनमा सुनाए ।
‘सबिना कार्कीले खाना र बस्नको ठेगान नभएपछि १ लिटर पेट्रोल बोकेर बसेको छु भन्दा बडो टेन्सन भयो । हाम्रा नागरिक यस्तो अवस्थामा पुग्नु राज्यका लागि लाजमर्दो विषय हो,’ उनले भने । सुकुमबासीहरूका लागि तत्काल गाँस र बासको उचित व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण पनि तामाङले गराए ।
तामाङले १८१६ को सुगौली सन्धिदेखिको इतिहास कोट्याउँदै नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउनुपरेको बताए । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको आधिकारिक नक्सामा समेटिइसकेको अवस्थामा प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भन्ने आशयको अभिव्यक्ति दिनु तथ्यहीन र राष्ट्र हित विपरीत भएको उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
-
नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण