चन्द्रागिरीको पानी उद्योगमा खाद्य विभागको अनुगमन, प्रयोगशाला परीक्षणका लागि नमुना संकलन
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिका-०८ मा रहेको रोयल स्प्रिङ मिनरल वाटर एण्ड वेभरेज प्रा.लि. मा आकस्मिक अनुगमन गरेको छ ।
- अनुगमनका क्रममा उद्योगको प्रशोधन कक्ष अव्यवस्थित र सरसफाइ सामान्य पाइएपछि सात थान कुच्चिएका र पुराना जार नष्ट गरिएको छ ।
- पानीको गुणस्तर जाँच गर्न प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएको छ र उद्योगलाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ ।
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिका–०८ मा रहेको ‘रोयल स्प्रिङ मिनरल वाटर एण्ड वेभरेज प्रा.लि.’ मा आकस्मिक अनुगमन गरेको छ । विभागले ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत उक्त उद्योगको निरीक्षण गरेको हो ।
प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा उक्त उद्योगको प्रशोधन कक्ष अव्यवस्थित रहेको र सरसफाइ अवस्था सामान्य मात्र पाइएको विभागले जनाएको छ । अनुगमन टोलीले उद्योगमा प्रयोग भइरहेका सात थान कुच्चिएका र पुराना जारहरू तत्काल नष्ट गरेको छ ।
उजुरीमा उल्लेख भएजस्तो पानीमा लेउ लागेको वा ब्याच नम्बर नभएको अवस्था भने निरीक्षणका क्रममा फेला नपरेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, पानीको गुणस्तर विस्तृत रूपमा जाँच गर्न प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएको छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माका अनुसार उद्योगलाई सरसफाइमा विशेष ध्यान दिन र आवश्यक अभिलेखहरू दुरुस्त राख्न निर्देशन दिइएको छ । प्रयोगशालाको प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढाइने विभागले बुधबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
-
गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
-
प्रतिक थापा कारागारबाट छुटे, अख्तियारबाट तारेखमा छुट्दै
-
अमूर्त लगानीमा एआईकाे नयाँ कीर्तिमान
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण