अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति
सारांश
- सांसद रमेश मल्लले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
- उनले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने भन्दै हिँडेकोमा आक्रोश व्यक्त गरे।
- सांसद मल्लले जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको र विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै सरकारलाई तत्काल व्यवस्था गर्न दबाब दिएका छन्।
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने भनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने भनेर बनेको सरकारले स्वास्थ्य बीमा कार्यक्रम नै सञ्चालन गर्न नसकिने भन्दै हिँडेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम पूरै बन्द भएकाले त्यसलाई तत्काल व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन्। साथै, कर्णालीमा विशेषज्ञ चिकित्सकहरू पठाउन पनि उनले सरकारलाई सचेत गराएका छन्।
सरकारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीरता नदेखाएको जिकिर गर्दै सांसद मल्लले भने, ‘सल्यान जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवा प्रभावित भएको कुरा हामीले गम्भीरतापूर्वक उठाएका थियौँ। तर, अहिलेसम्म सरकारको तर्फबाट कुनै ठोस पहल भएको छैन। त्यहाँ सामान्य उपचार पनि हुन नसक्दा बिरामीहरू घर फर्कन बाध्य छन्। कर्णालीको स्वास्थ्य उपचारबारे सरकार किन यति धेरै गैरजिम्मेवार भइरहेको छ? जिल्ला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पूरै बन्द छ, तर अर्थमन्त्री यस्तो कार्यक्रम लागू गर्न नसकिने भन्दै हिँडेका छन्।’
कर्णालीमा चिकित्सकहरू पठाउनका लागि स्वास्थ्य मन्त्रालयमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले दुःख व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण