संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ सुरु
सारांश
- संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
- प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको छ ।
- सांसदहरूले हतारमा नभई प्रक्रिया पुराएर सुनुवाइ अघि बढाउन आग्रह गरेपछि सभापतिले पर्याप्त छलफल गर्दै प्रक्रिया अघि बढाउने बताएका छन् ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए । आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने उनले जानकारी दिए ।
बैठकमा विपक्षी दलका सांसदहरूले सुनुवाइ प्रक्रिया हतारमा नभई प्रक्रिया पुराएर अघि बढाउन आग्रह गरेका थिए । समिति सदस्य पद्मा अर्यालले एकै दिन सुनुवाइ प्रक्रिया अघि बढाउँदा प्रभावकारी नभएको भन्दै प्रक्रियागत रूपमा नै सुनुवाइ गर्नुपर्ने धारणा राखिन् ।
त्यस्तै समिति सदस्य वर्षमान पुनले संसदीय सुनुवाइको विगतको अभ्यास अनुसार अघि बढाउनुपर्ने बताए ।
सांसदहरूको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रक्रियागत रूपमा नै पर्याप्त छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाइने बताए । संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीन जनाको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डरले भरिनुपर्छ: सांसद गजुरेल
-
प्रस्तावित व्यक्ति र उजुरीकर्ताबिचको छलफल एकै दिन गरौँ: बुर्लाकोटी
-
नेकपा सांसद हमालको प्रश्न : सुशासन सत्तापक्षलाई लाग्दैन ?
-
किसान ‘मल मिलाइदेऊ’ भन्छन्, सरकार ‘गोदाममा मल छ’ भन्छ : रास्वपा सांसद कठरिया
-
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग
-
कृषि क्षेत्रलाई आर्थिक आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण