बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी आक्रमणमा दुई दिनमा १४ जनाको मृत्यु

बिहीबार, २५ असार २०८३, १२ : २२
बिहीबार, २५ असार २०८३

सारांश

  • अमेरिकी सेनाले पछिल्ला दुई दिनदेखि गरेको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको इरानले बताएको छ ।
  • यी आक्रमणहरू देशका पाँच वटा प्रान्तमा केन्द्रित रहेका छन् ।
  • अमेरिकाले इरानका सैन्य पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्रलगायतका दर्जनौँ लक्ष्यमा आक्रमण गरेको छ ।

तेहरान । अमेरिकी सेनाले पछिल्ला दुई दिनदेखि गरेको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको इरानले बताएको छ । यी आक्रमणमा अरु ७८ जना घाइते भएको बताइएको छ । इरानको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबारदेखि सुरु भएका अमेरिकी आक्रमणहरू देशका पाँच वटा प्रान्तमा केन्द्रित रहेका छन् ।

यसैबिच, इरानको सरकारी सञ्चारमाध्यमले बिहीबार राति भएको अमेरिकी हवाई आक्रमणमा थप तीन जनाको मृत्यु भएको जनाएको छ । दक्षिणपश्चिमी खुजेस्तान प्रान्तका उपगभर्नरका अनुसार अहवाज सहरको बाहिरी क्षेत्रमा गरिएको अमेरिकी आक्रमणमा अन्य केही व्यक्ति पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।

अमेरिकाले पछिल्ला दुई दिनमा इरानका सैन्य पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्रलगायतका दर्जनौँ लक्ष्यमा आक्रमण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप