बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’

बिहीबार, २५ असार २०८३, १४ : ४५
बिहीबार, २५ असार २०८३

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमाथिको राम्दीस्थित ‘स्टिल ट्युब आर्क पुल’ निर्माण अन्तिम चरणमा पुगेको छ।

२०२८ सालमा निर्माण भएको पुरानो ‘स्टिल ट्रस पुल’ जीर्ण भएपछि त्यसको विकल्पका रूपमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्क पुल’ निर्माण भइरहेको हो।

करिब रु २७ करोड ७१ लाख ९ हजार ६ सय लागतमा निर्माण भइरहेको पुलमा सवारी सञ्चालनको तयारी भइरहेको छ।

 पुल सञ्चालनमा आएपछि गण्डकी र लुम्बिनी प्रदेशबीचको आवागमन थप सुरक्षित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

DJI_0894DJI_0901DJI_0905DJI_0908DJI_0911DJI_0916DJI_0925DJI_0932DJI_0940DJI_0944DJI_0945DJI_0947

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप