६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिहरू नियुक्त भएका छन्।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बिहीबार उपकुलपति नियुक्त गरेका हुन्।
नयाँ नियुक्ति अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की नियुक्त भएका छन्।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णालीमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्रले उपकुलपतिको जिम्मेवारी पाएका छन्।
यसपटक उपकुलपति चयनका लागि सरकारले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' निर्माण गरी खुला र पारदर्शी प्रक्रिया अपनाएको थियो।
गत जेठ ४ गते आह्वान गरिएको आवेदनमा देशभरबाट ११३ जनाले उत्साहजनक सहभागिता जनाएका थिए। आवेदन परेका उम्मेदवारहरूको कडा मूल्याङ्कन, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले प्रत्येक प्रतिष्ठानका लागि ७ जनाका दरले कुल ४२ जनाको प्रारम्भिक सूची तयार पारेको थियो, जसमध्येबाट उत्कृष्ट ठहरिएका विज्ञहरूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण