राससले देशैभर माग्यो पत्रकार
सारांश
- राष्ट्रिय समाचार समिति (रासस) ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि देशैभरका जिल्ला र स्थानीय तहहरूमा स्थानीय समाचारदाता (स्ट्रिञ्जर) र फोटो पत्रकारहरू नियुक्ति गर्ने भएको छ।
- काठमाडौँ उपत्यका बाहेकका ७४ जिल्लामा प्रति जिल्ला एक–एक जना स्थानीय समाचारदाता माग गरिएको छ।
- सातवटै प्रदेशका राजधानीहरूमा १–१ जना स्थानीय समाचारदाता र १–१ जना फोटो पत्रकारको दरबन्दी खुला गरिएको छ।
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि देशैभरका जिल्ला र स्थानीय तहहरूमा स्थानीय समाचारदाता (स्ट्रिञ्जर) र फोटो पत्रकारहरू नियुक्ति गर्ने भएकाे छ।
एक सूचना प्रकाशित गर्दै संस्थाले काठमाडौँ उपत्यका बाहेकका ७४ जिल्लामा प्रति जिल्ला एक–एक जना स्थानीय समाचारदाता माग गरेको छ।
यस्तै, संघीय राजधानी काठमाडौँ उपत्यकाभित्र काठमाडौँका लागि ६ जना स्थानीय समाचारदाता र ४ जना फोटो पत्रकार, ललितपुरका लागि २ जना समाचारदाता र १ जना फोटो पत्रकार तथा भक्तपुरका लागि १ जना समाचारदाता र १ जना फोटो पत्रकार नियुक्त गरिने जनाइएको छ।
यसैगरी सातवटै प्रदेशका राजधानीहरू (विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, देउखुरी, वीरेन्द्रनगर र धनगढी) मा १–१ जना स्थानीय समाचारदाता र १–१ जना फोटो पत्रकारको दरबन्दी खुला गरिएको छ।
राससले समाचारदाता नियुक्त गर्दा समावेशी सिद्धान्तलाई आत्मसाथ गर्ने जनाएको छ। सूचना अनुसार महिला, मधेसी, दलित, अल्पसङ्ख्यक, जनजाति र पछाडि पारिएका वर्ग तथा समुदायलाई प्राथमिकता दिइनेछ। साथै, मल्टिमिडियामा दख्खल भएका उम्मेदवारले विशेष प्राथमिकता पाउनेछन्।
योग्यताको हकमा पत्रकारिता विषय लिई प्रवीणता प्रमाणपत्र तह (१०+२) उत्तीर्ण गरी कम्तीमा ३ वर्ष अनुभव भएको, वा एसएलसी/एसईई उत्तीर्ण भई ५ वर्ष अनुभव भएको, अथवा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी पत्रकारितामा कम्तीमा एक वर्षको अनुभव भएको हुनुपर्नेछ। फौजदारी वा कुनै अपराधमा सजाय नपाएको व्यक्ति हुनुपर्ने शर्त समेत राखिएको छ।
इच्छुक उम्मेदवारले आफूले काम गर्न चाहेको जिल्ला वा प्रदेश राजधानी खुलाई निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम र अनुभवको प्रमाणपत्र तथा व्यक्तिगत विवरणपेश गर्नुपर्नेछ।
आवेदन दिने अन्तिम मिति यो सूचना प्रकाशित भएको मिति (२०८३/०३/२६) ले ७ दिनभित्र अर्थात् २०८३ असार मसान्तभित्र तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण