प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
सारांश
- श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले राष्ट्रियता जस्तो संवेदनशील विषयमा सरकार मौन बसेको भन्दै आपत्ति जनाएकी छन् ।
- सांसद रम्तेलले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको अभिव्यक्ति दिएको ३८ दिन बितिसक्दा पनि स्पष्टता नआएको भन्दै जवाफ माग गरिन् ।
- उनले लोकतन्त्रमा सरकार ढुंगा जस्तो मौन हुन नमिल्ने बताउँदै विवाद होइन स्पष्टता र अवरोध होइन जवाफ खोजिरहेको बताएकी छन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले राष्ट्रियता जस्तो संवेदनशील विषयमा सरकार मौन बसेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनु सरकारको संवैधानिक जिम्मेवारी भएको बताइन् ।
सांसद रम्तेलले प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतको जग्गा मिचेको छ भनी अभिव्यक्ति दिएको आज ३८ दिन भइसके पनि अहिलेसम्म न स्पष्टता आएको छ न त संसद्ले चित्तबुझ्दो जवाफ नै पाएको छ भन्दै जवाफ माग गरिन् । सरकारको आधिकारिक के हो त्यो संसद्मा प्रस्तुत गर्न माग गरिन् । राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने यस्तो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन उनले माग गरिन् ।
‘नेपालीमा एउटा उखान छ– ढुंगालाई जति पानी खन्याए पनि त्यो गल्दैन । तर लोकतन्त्रमा सरकार ढुंगा जस्तो मौन हुन मिल्दैन । हामी विवाद होइन स्पष्टता खोजिरहेका छौँ, अवरोध होइन जवाफ खोजिरहेका छौँ,’ उनले भनिन् ।
सांसद रम्तेलले मुगुका २५ वर्षीय युवक गणेश नेपालीको मृत्युको घटनाप्रति गम्भीर दुःख व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण